यो कठिन छ। पहिलो पल्ट केहि गर्दा सधै कठिन नै हुन्छ। बिशेष गरि जब तपाई योगदान गर्दै हुनुहुन्छ भने,गल्ति हुनु सहज कुरा हैन। हामी नयाँ ओपेन स्रोत (Open Source) योगदानकर्ताले सिक्ने र योगदान गर्ने तरिकालाई सहज बनाउन चाहन्छौ।
लेखहरू पढेर र ट्यूटोरियलहरू हेरेर हामीलाई मद्दत मिल्छ, तर वास्तवमा एक अभ्यास गरेरै हेर्नु राम्रो हैन र? यो प्रोजेक्टले निर्देशन प्रदान गर्न र शुरुआती शुरुवातकर्ताहरूलाई उनीहरूको पहिलो योगदान प्रदान गर्ने तरिका सरल बनाउँदछ। यदि तपाईं आफ्नो पहिलो योगदान दिन खोज्दै हुनुहुन्छ भने तलको चरणहरू पालना गर्नुहोस्।
यदि तपाईं कमाण्ड लाइन (command line) सँग सहज हुनुहुन्न भने, यहाँ GUI तूल्सहरू प्रयोग गरेर सेकैएको ट्यूटोरियलहरू छन्।
यो अन्य भाषाहरूमा पढ्नुहोस्।
यदि तपाईंसँग तपाइँको कम्प्यूटरमा Git छैन, यसलाई इन्स्टल गर्नुहोस्.
यस पृष्ठको शीर्षमा फोर्क बटनमा क्लिक गरेर यो रिपो फोर्क गर्नुहोस। यसले तपाईंको GitHub खातामा यस रिपोको प्रतिलिपि सिर्जना गर्नेछ।
अब तपाइँको कम्प्यूटरमा फोर्क गरिएको रिपो क्लोन गर्नुहोस। तपाईंको GitHub खातामा जानुहोस्, फोर्क गरिएको रिपो खोल्नुहोस्, क्लोन बटनमा क्लिक गर्नुहोस् र त्यसपछि copy to clipboard आइकनमा क्लिक गर्नुहोस्।
टर्मिनल खोल्नुहोस् र निम्न Git कमाण्ड चलाउनुहोस्:
git clone "तपाईंले भर्खरै प्रतिलिपि गर्नुभएको URL"
जहाँ "तपाईंले भर्खरै प्रतिलिपि गर्नुभएको URL" (" चिन्हहरू बिना) छ, त्यो यस रिपोको url हो (यस प्रोजेक्टको लागी तपाईंको फोर्क)। Url प्राप्त गर्न अघिल्लो चरण हेर्नुहोस्।
उदाहरणका लागि:
git clone https://github.com/this-is-you/first-contributions.git
जहाँ this-is-you छ, त्यहाँ तपाईंको GitHub प्रयोगकर्ता नाम (GitHub username) लेख्नुहोस् । यहाँ तपाइँले GitHub बाट तपाईंको कम्प्युटरमा first-contributions रिपोको सामग्री प्रतिलिपि गर्दै हुनुहुन्छ।
तपाईंको कम्प्यूटरमा रिपोको डाइरेक्टरी खोल्नुहोस् (यदि तपाईं पहिले नै हुनुहुन्न भने):
cd first-contributions
अब git checkout कमाण्ड प्रयोग गरेर एउटा ब्रन्च सिर्जना गर्नुहोस्:
git checkout -b <ब्रन्चको-नाम>
उदाहरणका लागि:
git checkout -b add-alonzo-church
(ब्रन्च को नाममा add शब्द को आवश्यकता छैन, तर यसमा add समावेश गर्न उचित छ किनभने यस ब्रन्चको उद्देश्य तपाईंको नामलाई सूचीमा थप्ने हो।)
अब टेक्स्ट एडिटओरमा (text editor) Contributors.md फाइल खोल्नुहोस्, यसमा तपाईंको नाम थप्नुहोस्। फाइलको सुरुवात वा अन्त्यमा तपाईंको नाम नथप्नुहोस्। तपाईंको नामलाई बीचमा राख्नुहोस्। अब फाईल save गर्नुहोस्।
यदि तपाईं प्रोजेक्ट डाइरेक्टरीमा जानुभयो र git status कमाण्डलाई रन (run) गर्नुभयो भने,तपाइँले त्यहाँ परिवर्तन भएका फाइलहरुको सुची देख्नुहुनेछ।
तपाईँले भर्खरै बनाउनु भएको ब्रन्चमा git add कमाण्ड प्रयोग गरी ती परिवर्तनहरू थप्नुहोस्:
git add Contributors.md
अब git commit कमाण्ड प्रयोग गरेर ती परिवर्तनहरू कोम्मित (commit) गर्नुहोस्:
git commit -m "योगदान सूचीमा <तपाइको-नाम> थप गर्नुहोस्"
<तपाईंको-नाम> को साटोमा तपाईंको आफ्नो नाम लेख्नुहोस्।
git push कमाण्डको प्रयोग गरेर आफ्नो परिवर्तन पुश (push) गर्नुहोस्:
git push origin <ब्रन्चको-नाम>
<हाँगाको-नाम> को साटोमा तपाईले पहिले सिर्जना गर्नुभएको ब्रन्चको नामको लेख्नुहोस्।
यदि तपाईं GitHub मा तपाईंको रेपोसितोरीमा (repository) जानुहुन्छ भने, तपाइँले compare & pull request बटन देख्नुहुनेछ। त्यस बटनमा क्लिक गर्नुहोस्।
अब pull request सब्मित गर्नुहोस्।
चाँडै म यस प्रोजेक्टको मास्टर ब्रन्चमा तपाईका सबै परिवर्तनहरू मर्ज गर्नेछु। परिवर्तनहरू मर्ज भएपछि एक अधिसूचना (notification) इमेल प्राप्त गर्नुहुनेछ।
बधाई छ! तपाईले फोर्क -> क्लोन -> एडिट -> पुल्ल रिक्वेस्ट कार्यनोयन पूरा गर्नुभयो, जुन तपाई प्राय: एक योगदानकर्ताको (contributor) रूपमा गर्नुहुनेछ!
तपाईंले योगदान दिनु भएकोमा खुशी मनाउनुहोस् र आफ्नो साथी र फोल्लोवेरहरू माझ शेयर गर्नु होस्।वेब अनुप्रयोग
तपाइँलाई कुनै पनि मद्दत चाहिन्छ वा कुनै प्रश्न छ भने तपाइँ हाम्रो स्लाक टीममा (slack team) सामेल हुन सक्नुहुनेछ। स्लाक टोलीमा सामेल हुनुहोस्.
अब तपाईले अन्य प्रोजेक्टहरूमा योगदान दिन सुरु गर्नु होस्। हामीले तपाईंले गर्न सक्नुहुने सजिलो समस्याहरूको साथमा प्रोजेक्टहरूको सूची संकलन गरेका छौ। हेर्नुहोस् वेब अनुप्रयोगमा परियोजनाहरूको सूची।
| GitHub Desktop | Visual Studio 2017 | GitKraken | Visual Studio Code |






